Skip to main content

Posts

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।
Recent posts

हाईकु

अन्तै बनेको गर्व गछौं लगाई ढाकाको टोपी 🔽 अस्तिनै जेल यस्तो गर्छु भन्दथ्यो मन्त्री भएछ । 🔽 चमल बेची चरखुट्टे किनेर शन नै ठूलो 🔽 फुलेको हाँगो फुकेको त्यो जवानी उस्तै हो नानी 🔽 घुम्न हिडेकी राम्रो छ राजधानी धुलो उठाई 🔼🔽🔼

हाईकु

फिस्स हाँसेथी श्रीमान बन्ने मुड कता हरायो 🔽   पाएको कुरा नछोडौ भनेको त भद्रगोल भो 🔽 टालो च्यातेर बाँडेर लगाइयो यता न उता 🔽 शुशिल स्वास्नी संस्कारी बालबच्चा खरवपति 🔽 केटीको तन बुढिको कचकच आगो र पानी 🔼🔽🔼

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

गीत

–      किशोर अधिकारी पीडा पचाई हास्नु पनि जिन्दगी नै रहेछ । मन त आखिर मनै त हो बुझ्दो रहेछ ।

गीत

–   किशोर अधिकारी कहिले हसाउने , कहिले रुवाउने , कहिले मिलाउने , कहिले टुटाउने । यो हो खोलारुपि , जीवनको भेल , यो मनमा अटेको , प्रेमको हो खेल ।

गीत

  –     किशोर अधिकारी समयको वन्दनलाई कसले तोड्न सक्छ , विछोडको आँशुलाई कसले रोक्न सक्छ ।

गीत

  –    किशोर अधिकारी रुवाएर मलाई छाडी , कहाँ गयौ यसरी , फर्किएर आउन है , नवनी निष्ठुरी ।