Skip to main content

मुसाको करामत


रातको एक बजिसकेको थियो, एकाएक मेरो कोठाको ढाको ढकढकीएको आवाज मेरो कानले सुन्यो मस्त निद्राबाट व्यूझदै गर्दा सुनेको थिए एक पटक वास्ता नै गरिन दोश्रो पटक पनि ढकढककियो अर्ध निद्रामै थिए त्यसपटक भने मेरी दिदि कोठाको अर्को पट्टिको खाटमा सुतिरहनुभएको थियो उहा उठ्नुभो ढोका खोल्नु भो खोल्दा पल्लो कोठाको दिदि बोलेको आवाज जस्तो सुनियो मैले खासै ध्यान दिईन उहाँ साउती मार्दै भनिरहनु भएको थियो मैले उहाँहरुको कुरा राम्रो संग बुझिरहेकै थिईन केही वेरमानै मेरि दिदि थोरै आत्तिएर सुतेको खाटमा आउनु भो साउती मारे जस्ते गरी मलाई उठाउनु भो उठे

के भयो <
विस्तारै बोल
मलाई निर्देशन नै दिनु भो मैले पनि त्यस्तै गरि सोधे
के भो <
तल चोर पस्या जस्तो रे
उहाको यी कुराले जुरुक्क नै उठे पूर्ण रुपमा व्यूझिएको थिए मेरो खाटमा भाई पनि सुतिरहेको थियो घुरिरहेको थियो मेरी दिदि अनि पल्लो कोठाकी दिदि बाहिर वरण्डामा निस्कियौ हामी दोश्रो तलामा थियौं प्रत्यक तलामा चार वटा कोठा थिए, सवै भन्दा ठूलो कोठामा हामी नै थियौं, त्यो कोठा दुईवटा कोठा बरावरको नै थियो प्रत्यक तलाको लागि एउटा मूल ढोका जुन भर्याङकोठासंग जोडिएको थियो बरण्डामा निस्कदा भिनाजुपल्लो कोठाको दिदिको बुढा) निस्किसक्नु भएको थियो उहा ध्यान दिएर सुनिरहनु भएको थियो आवाज आवाज चापी कोटेको जस्तो सुनिन्थ्यो क्यार क्यार गरिरहेको आवाज कति खेर कति खेर ड्याङ, ड्याङ पनि
आवाज हामी वसेको भन्दा तल्लो तला यानिकी पहिलो तलाबाट आईरहेको थियो जहाँ एउटा पुर्वकी दिदि बस्नु हुन्थ्यो श्रीमान विदेशबाट आएको धेरै समय वितेको थिएन पक्कै पनि त्यही हो, विदेशबाट आएको स्वीको पाएर आयो चोर भन्ने लक काटिदै थियो मलाई पनि त्यस्तै लागेको थियो किन कि आवाज त्यहीबाट आएको थियो पाँच वर्ष विदेश बसेर आएका उनको श्रीमान आएकै भोलिपल्ट आफ्नो घर जादा यसो रेखदेख गर्नु है भनेर खवर छोडेको कुरा त्यही दिदि बताउनुहुन्थ्यो हामीले बुझेका थियौ त्यो कोठामा कोही पनि छैन त्यसैले कोठामा कोही नभएको अवस्थालाई चोरले दाउ छोप्यो सवैको मनमा त्यही नै विजेको थियो
अव के गर्ने, चोरि हुन दिन भएन मैले मेरो भाईलाई उठाउने निर्णय गरे, दिदिले अर्को कोठामा बस्ने विद्यार्थी भाईलाई उठाउन पुग्नु भो अनि भिनाजुले घरवेटीलाई घरवेटी हाम्रो तला भन्दा माथिल्लो तलामा बस्नु हुन्थ्यो त्यो तलामा जान पनि हामीले बरण्डा छेउको ढोका खोलि माथि उक्लनु पथ्र्यो भिनाजु विस्तारै डराउदै ढोकाको चुक्कल खोलि घरवेटीलाई उठाउन पुग्नु भो मैले मेरो भाईलाई उठाए सवै कुरा भने पनि जर्याक जुरुक उठ्यो पल्लो कोठाबाट विद्यार्थीभाई उठ्यो उसले ढोकाको औलो लिएर आयो मेरो भाईले बासको लौरो बोकेर आयो माथिबाट घरवेटी वा फलामकै छड बोकेर आउनु भो टर्च सहित
हामी त्यहाँ एक हुल नै जम्मा भईयो फेरि पनि डर थियो कतै ग्याङ नै छैनन हतियार सहित छैनन डर हुदा हुदै पनि घरवेटी वा तल्लो तलामा झर्नु भो, हामी पछि लाग्यो तलझरी विस्तारै भई तलामा नै ओर्लेयौं किन भने तल्लो तलामा पनि ढोका थियो ढोका लागेकै थियो तल्लो तला पुगेर आगन सम्म पुग्यौ त्यो कोठाको लागि पनि वरण्डा थियो वरण्डा तर्फ हेर्यौ त्यो कोठाको लागि पनि वरण्डा थियो वरण्डा तर्फ हेर्यौ फेरि थिएन फेरि पनि आवाज आईरहेकै थियो क्यार क्यार आवाज
पहिलो तलामा आई ढोका ढक ढक्यायौ बोलायौ हल्लाखोर हुदा पनि आवाज अझै रोकिएकै थिएन फेरि त्यो तलाको मान्छेलाई बोलायौ यस पटक भने आवाज वन्द भएको थियो केही वेर मै त्यो तलाको ढोका खुल्यो आवाज बन्द भएको थियो केही वेर मै त्यो तलाको ढोका खुल्यो ढोकामा त्यही कोठाकी पुर्वकी दिदि उनको श्रीमान उपस्थित थिए उनिहरु ऋाजै आएका रहेछन् वेलुका पख उनिहरु भन्दै थिए
अँ तनि हेर्नुन मुसाले विध्वम्स पारेको तनि यस्तै हो क्यार क्यार गरिरहन्छ सुत्नै दिदैन भन्या

सवै जना अक्क वक्क रहन्छन्

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।