– किशोर अधिकारीबाट
जव चन्द्रमा रुन्छिन, उनको आँसु शीत हुन्छ ।
जव विरहमा रुन्छ मन, तव आँसु गीत हुन्छ ।
छलकपटमै चलेको दुनियाँ हो यो साथी
सत्य सँधै हारिदिन्छ, असत्यकै जीत हुन्छ ।
🔼🔽🔼
सोह्र वर्षे बैंशमा मायाका सुगन्ध छर्कि हिड्ने
आत्मीय प्रेम होइन शारिरिक सम्बन्ध गाँसी हिड्ने
सायद एक्काईसौं शताब्दीको दिन चर्या होला
जिवन्त सुख होइन, क्षणिक आनन्ध खोजी हिड्ने ।
🔼🔽🔼
पढाई तिर होईन पार्क तिर धाउने
आवेशमा आई आफै कुलतमा फस्ने
वा क्या गजव छ यो दुनिया
गर्व गरि धनसंग मायाको भीख माग्ने ।
🔼🔽🔼
Comments
Post a Comment