– किशोर अधिकारी
यति पिरल्यो दुःखले कि, दिन पनि रात भो,
थाहै नपाई मुटु चुढ्यो, दुःख पनि मात भो ।
खुसी हुन्थे सबै यहाँ, मलाई देखे पछि,
थाहै नपाई साथ टुट्यो पिडा अव हात भो ।
काँडा विज्यो मुटुभित्र, परेली भिज्यो आँसुले
मौन रह्यो संसार यो, जिन्दगीमा घात भो ।
सपनाहरुको वीचमा, फूलहरु सजाएथ्यौं
खेरगए सवै कुरा, वाचावन्धान लात भो ।
मर्नु बाँच्नुको दोधारमा जाकिन पो पुगेछु,
चारै तिर अन्धकार छ, तिमी भन्छौ प्रात भो ।
यति पिरल्यो दुःखले कि, दिन पनि रात भो,
थाहै नपाई मुटु चुढ्यो, दुःख पनि मात भो ।
🔼🔽🔼
Comments
Post a Comment