–किशोर अधिकारीबाट
भो लजिकको कुरा नगर
विज्ञान भन्दा बाबा फेमस हुने ठाउँमा
भो प्राकृतिक छटाको कुरा नगर
छलकपट र जादुमा विश्वास गर्ने ठाउँमा
🔼🔽🔼
फुल्नुभन्दा अघिनै चिमोट्छन यहाँ
मरेपछि सम्मान गर्छन यहाँ
के गर्ने डाहाडे धेरै भएको ठाउँमा
स्वाङ्गपारि रुने, अनि मनमनै हास्ने गर्छन यहाँ
🔼🔽🔼
कसैलाई पनि न हेप
हेपाईमा तिम्रो क्यारेक्टर पनि देखिन्छ
कसैलाई नचाउन नखोज
नचाउने मान्छैनै पहिला नाचिरा हुन्छ ।
🔼🔽🔼
Comments
Post a Comment