– किशोर अधिकारी
रुवाएर मलाई छाडी, कहाँ गयौ यसरी,
फर्किएर आउन है, नवनी निष्ठुरी ।
सपनीमा देखे पनि, विपनि झै लाग्छ,
छुन खोज्दा तिम्रो तस्वीर पर–पर भाग्छ ।
तड्पाएर मलाई छाडी, कहाँ गयौ यसरी,
फर्किएर आउन है, नवनी निष्ठुरी ।
संझनाका लहरले घरी–घरी पिरोल्छन्,
रसाएर आँखाबाट, अनि आँशु झर्दछन् ।
आँशु सारा रित्तिसके, आँखाबाट झरी,
फर्किएर आउन है, नवनि निष्ठुरी ।
ओइलाई सके आशाहरु, निराशाले छोप्न लाग्यो,
जताजतै कालो देख्छु, अध्यारोले ढाक्न थाल्यो ।
प्रतिक्षामा बसिरहेछु, तिम्रो बाटो हेरी,
फर्किएर आउन है, नवनि निष्ठुरी ।
रुवाएर मलाई छाडी, कहाँ गयौ यसरी,
फर्किएर आउन है, नवनी निष्ठुरी ।
🔼🔽🔼
Comments
Post a Comment