Skip to main content

मुक्तक


किशोर अधिकारीबाट


निरस यो जिन्दगीमा एक्लोपन छायो

विहानीको किरण झै तिम्रो याद आयो

उजाड यो जिन्दगीमा बादल घना छाएनी

नीलो नीलो गगनमा चन्द्र मुस्कुरायो
 🔼🔽🔼


सयौ खोला सुकेपनि माया सुक्ने छैन

हजार जुनिसम्म पनि माया मर्ने छैन

तिमीलाई रुवाएर हाँस्ने रहर होइन

तिमीलाई धोका दिई कतै सर्ने छैन
 🔼🔽🔼

खुशी खोज्न जीवनमा धेरै धेरै कुदे

संघर्ष नै जीवन भनि धेरै चोटी जुधे

जीवनलाई नशा संगै धेरै चोटी पिए


प्यास मेट्छु भनि हिड्दा आफू आफै सुके
🔼🔽🔼

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।