– किशोर अधिकारी
अन्धो नै भएछु मायाले मत, चाल नै पाईन
धर्मलाई छोप्न चाहन्थे तर, जाल नै पाइन ।
दुई आत्मा वीचको दुरी नै घट्यो कुदृष्टि बढेछ
छेक्नलाई चाहे बचनको बाण, ढाल नै पाईन ।
बंधक राखे उनको माया, मनको बैंकमा
निलाम गर्ने अठोट त गरे, दलाल नै पाईन
माया त बढ्यो कसैको दुर–ज्ञासले सताउछ
जुधेर रम्ने साहस त गरे, पाल नै पाईन ।
🔼🔽🔼
Comments
Post a Comment