मतदान केन्द्रमा अज्ञात समूहद्वारा फालिएको बम…
दाङ, १४ असार – मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम प्रहरी हवल्दार गोरेबहादुर राणाले भूँइमा नखस्दै मतदान केन्द्र भन्दा बाहिर फालिदिएका छन् ।
मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम राणाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन् । उक्त बम हवल्दारले समातेर फालेको दुई सेकेण्डमै पड्किएको थियो । हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
बम समातेर मतदान केन्द्र भन्दा बाहिर फ्याकेर हवल्दार राणाले आफ्नो साहस देखाएकै कारण मतदान स्थलमा कुनै क्षति नभएको प्रहरीको भनाइ छ । सुरक्षाकर्मीले उक्त मतदान केन्द्रका मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह समेत गरेको छ । बम पड्किएपछि केही समय तनाव भएको भए पनि अहिले सामान्य अवस्थामा मतदान प्रक्रिया अगाडि बढेको छ ।
Comments
Post a Comment