Skip to main content

मुक्तक




किशोर अधिकारीबाट


किन सोध्छौ के भनी, सारा कुरा विते पछि

सफा मनको झुकावमा, शंकालु दृष्टी लाए पछि

हर प्रयास नकाम भई भित्रभित्रै जले पछि

तिमी भन्दा राम्री खोज्न स्वर्गतिरै धाए पछि
🔼🔽🔼


अचानक एउटा खवर मैले सुनेको छु

तिमी गए के भयो अर्कै चुनेको छु

भन्ने छैन कसैलाई धोका दियौ भनि

एउटा गए अर्को पाउने मन्त्र गुनेको छु
🔼🔽🔼

खुसि छैनन तिम्रा नयन तुवाँलो छाएछ कि

बसन्तले छाउने मनमा शिशिर पो आएछ कि

सुन्दर सपना सजाउने कल्पनामा डुब्दा डुब्दै


तिमीलाई अमृत ठानी कसैले विष खाएछ कि
🔼🔽🔼

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।