Skip to main content

पागल प्रेम

कथाकारकिशोर अधिकारी

मेरो मन उदासिएको  किनकी उद्रिएका ठाउँहरु धेरै छन्टाल्न चाहन्छ मन कुनै उमङ्ग छैन ।जहाँ विश्वास छैनत्यहाँ चमकता कहाँ  जहाँ धोका  त्यहाँ विस्मात  अवश्य   धोकाद्वारा क्षणिक आनन्द लिन चाहने व्यक्तिहरुका बीच कता कता हराए जस्तो लाग्छ  हरेक पल मनमा दुई पक्षहरुका बीच बादविवाद चलिरहन्छ  भन्दछ एक पक्षत्यो वाध्यता होला वा त्यो परिस्थितिको अभिव्यक्ति होला  अनि फेरि भन्दछ अर्को पक्षहोइन त्यो नियत हो  नियोजित हो  त्यतिखेर ति दुवै क्षणहरुको द्वन्द्वबाट निष्कर्षमा पुग्न चाहेको थिए  शायद त्यहाँ मेरो चाहना अवश्य थियो 

जहाँ जहाँ मैले विश्वास गरे त्यहाँ त्यहाँ शंकाका वादलहरु मडारिए  जुन चिज मैले आफ्नो लागि महत्वपूर्ण ठाने धेरैले त्यो चीजलाई लत्याई सकेका थिए  स्वच्छ सफा भनिएकोमा काला धब्बा देखिएका थिए  शंकाको कुरा साँचो ठहरीदा मुटु दुई चिरा भएको थियो  पवित्रता माथि नै अविश्वास पैदा भए पछि मन भासिन्छटुट्दछ  कसैको महत्वपूर्ण वस्तु कसैद्वारा फ्याकिएको चिज सम्झदा जो कसैको मन धमिलिन्छ  त्यही लत्याईएकोफ्याकिएको चिजको आवश्यकता अनि विशेषता झल्काउने कोशिषमा ति काला घब्बालाई जादुगरी मसिले छोप्न चाहन्थे जसरी चन्द्रमाको शितलताले उसको दामनको दाग छोपिएको   त्यही कोशिसमा लागिरहेको छु  शायद त्यो मेरो स्नेह थियो 

यो संसार एक पुष्प बगैचा हो  यहाँ विभिन्न किसिमका रंगी चंगी फूलहरु छन्  जहाँ फूलहरु छन् त्यहाँ भमराहरुको ताँती लागेको हुन्छ  सवै फूलहरुमा भमराको आँखा कहाँ पुग्थ्यो   मन पर्ने फुलहरु रोज्दथे भमरा  सवै भमरा कहाँ एकै हुन्छन्  वासनामा पनि हिड्दछन् भमरा  रस चुस्दछन् भमरा  एउटै मात्रै बासनामा हराउन नचाहने भमरा पनि  हुन सक्छन्  स्वाद फेरि फेरि रस चुस्न चाहने भमरा पनि  हुन सक्छन्   यी भमराहरु मध्य अलग हुन चाहन्थे  सवै एकै भए अलगको के अर्थ  शायद यो मेरो अनौठोपन थियो 

फूल फक्रिदिन्छमुस्कुराउँछभमरा लोभ्याउँदछ  यो बँगैचाको कुनै एक कुनाबाट मुस्कुराउँदैछ फूल   पनि  एक भमरा नै  हुँलोब्भिए  एक  जवानी थियो  कसैलाई साथ  दिनै थियो  अनि एक भमराको मन थियो  फूलको मुस्कान अनि फक्राईको आकर्षण पनि  थियो पुग्दथे आँखा त्यहाँ  लाग्दथ्योत्यो मुस्कान मेरै लागि हो  वासना मेरै लागि हो  त्यो फूल मेरै लागि हो  त्यसैले नजिकिए शायद त्यहाँ मेरो नजर थियो 

हरेक पल हरेक क्षण  त्यही फूल कल्पन्थे  सम्झन्थे  त्यही फूलको बारेमा सोच्दथे  कोही नछोओस उसलाई नपिरलोस उसलाई  सधै मुस्कुराईरहुन यसै गरी  फक्रिउन मेरा लागि  मेरो चाहनाको उन्माद बढिरहेको थियो  पवित्र मन दौडिरहन्थ्यो  कोही छोए उसलाई दुख्दथ्यो  मन मनै बोल्दथे  आँखा खोलि सपना देख्दथे  हावाका झोका कतैबाट आए झस्कन्थे  कतै पात  झरेन  मन तरंगित हुन्थ्यो समुन्द्रको छाल जस्तो  सारा संसार भुलेर एउटै मुस्कानमा रम्दथे  हराउँदथे आफैमा  लाग्दथ्यो नयाँ जीवनको प्रादुर्भाव भयो  यो समयको खेल थियो  विना समय   फूल फुल्दथ्यो   वसन्तको नै वहार आउँथ्यो  जीवनको अर्थ बुझेको थिए सायद यो मेरो पहिलो प्रेम थियो 
 एकोहोरीएको थिए  त्यसैले तृष्णा थियो मनमा  वर्षौ सम्म नझक्झकिएको तृष्णा झकझकिएको थियो  यही मुस्कानले  जहाँ  लुप्त थिए  कतै यो एकोहोरो  होइन ? सोच्दथे तर उनको क्रियाकलापले  प्रति झुकाव देखाईरहेको गन्ध आउथ्यो  त्यो मुस्कान मेरै लागि भएको महसुस हुन्थ्यो  त्यसैले   विश्वास गर्थे  मनको अन्तर कुनामा बसेकी थिईन उनि  त्यसैले  हामी बीचको दुरी घटाउन चाहन्थे   नजिकिदै थिए   समीप सम्म थिए  मानौ हामी बीच दुरी नै थिएन  तर दुर्भाग्य मैले देखे जुन मेरो दिमाग मै थिएन  कोही भमरा रस चुस्दै थियो  वासना नमीठो थियो  त्यो प्राकृतिक वासना नभई दुर्गन्धित थियो  निरसीदै थियो फूल  पातहरु मडिएकै थिए  मेरो सपनाको महल टुटेको थियो  एका एक मेरो कल्पनामेरो सपनामेरो संझनासवै भाँसिदै थिए  ग्रहण लागे सरह भो जिन्दगी  शायद  त्यतिखेर समय भन्दा ढीलो हिडेथे 

अचम्म भोअचम्म  यहाँ थियो  जहाँ  थिएँत्यही फूलअनि कोही भमरा  मेरो जिन्दगीको त्यो क्षणले धेरै दिन पिरोलेको थियो  जागर हराएको थियो  मनमा गाँठो पर्दथ्यो  आँसु त्यसै झर्दथ्यो  जव मन टुट्दछ धेरै दुख्दो रहेछ  शरिरबाट एक अभिन्न अंग गुमाए सरह  पीठा बल्झन्थ्यो  झन झन गाडा गाडा  सोचेको कुराकल्पेको कुरा नहुदा यस्तै हुदो हो  सवै कुरा पुगे के हुदो हो ? असम्भव भए रै  होलायहि सोच्दथे  माया नभईदिएको भए रुवाई हुदैनथ्यो होला  धेरै समय पछि  धेरै रोए  रुन विर्सिएको थिएसिकाईदियो यो प्रेमले  शायद यो मेरो नियती थियो 

अझै मुस्कुराउँदै  फूल  लाग्यो मुस्कान झूटको थियो  सवै नाटक थियो  लाग्छ उनको चाहना अर्कै थियो  भमराहरु लोभ्याउने  वासना बाड्ने धेरैलाई  निरसिदै जाने आफू फेरि फेरि भमराहरु  यहा मेरो चाहना अर्कै थियो  विपरित थियो  त्यसैले बेठीक लाग्यो  वास्तवमा त्यो ठीक थिएन सोच्न थाले हरेक पल  भगवान प्रति रिस जाग्यो   आफूलाई स्वच्छ ठान्थे  स्वच्छतामा किन आँखा पुगेन  दु: लाग्छ  पीडा हुन्छ  मेरो प्रेम निरस थियो  दुर्गन्धित थियो   आफूलाई सम्हाल्नै सकिन  सानो सानो कुरामा रिसाउथे  झोकिन्थे  समय पाए यसै घोरिएरै विताउथे  दु: संग भागेर मान्छे कहा जान सक्छ  जुध्नु पर्छ  यही सोच्दथे  बुझाउथे मन अर्को फूलको मुस्कान हेर्न  तर भुल्न कहाँ सक्थे  पहिलो मुस्कान उनकै थियो  मनको कुनामा विझेथ्यो  सायद यहाँ मेरो तिर्सना थियो 

जिन्दगी हो  आफ्नो जिन्दगी आफ्नै तरिकाले विताउनु त्यो उसको अधिकार हो  यो जिन्दगीलाई जसरी पनि ढाल्न सकिन्छ तर मतलव विनाको जिन्दगीको कुनै अर्थ छैन  जुन जिन्दगी  विताइरहेकी  बास्तवमा त्यो जिन्दगी होईन जिन्दगीको एक भाग मात्र थियो  त्यो समसामयिक थिएन  गिराउदछ जिन्दगीइलाई यदि यो अस्वभाविक भए  जिन्दगीमा कहिले काँही गिर्नु पनि पर्छ तर गिराई यस्तो होस झरनाको पानी सरह  जुन पहाडको त्यत्रो उचाईबाट खसे पनि उसको सौन्दर्य घट्दैन  जमिनको गर्वमा मिले पनि उसको अस्तित्व मेटिदैन  तर सवै मान्छे कहा त्यस्तो सोच्छन  क्षणिक सुखको लागि जिन्दगी गुमाउदछन्अस्तित्व मेटाउदछन्   आफ्नो जिन्दगीलाई परिवर्तन गर्न चाहन्थे उनको चाहना अनुसार ढाल्ने कोशिस गरेसकिन  वारम्वार प्रयत्न गरे असफलता पाए  जहाँ मनले नै मान्दैन त्यहा कोशिष गर्नु वेकार थियो  तर मन  उनको हासो मै थियो त्यसैले  दु: पाए  शायद हामी बीच पर्खाल थियो 

 वारम्वार सोच्दथे  पल पल सोच्दथे उनकै बारेमा त्यो फूलको बारेमा  सम्झाउने कोशिस गर्दथे जुन सुखको प्राप्तिको चाहनामा दौडिएको   वास्तवमा त्यो सुख होईन  त्यसले  नजर झुकाउछ  सुख  त्यहा जहा मान   सम्मान   प्रतिष्ठा   इज्जतअस्तित्व अनि प्रेम   मान्छे यसैका लागि हर पल दौडिरहन्छ  कोशिश गर्दछ  जिन्दगीको अर्थ  यहाँ थियो   मेरो प्रेमलाई जिन्दगीको अर्थ बुझाउन चाहन्थे  उनका भड्किएका पाईलाहरु अर्थपूर्ण जिन्दगीको गोरेटोमा समाहित गर्न चाहन्थे   बुझ्दथे प्रेम गर्नु ठुलो कुरा होइनप्रेम निभाउनु जटिल कुरा हो  प्रेम  जो कोही पनि गर्दछन् प्रेमको भूमिका निभाउनु सच्चा प्रेमीको कर्तव्य हो   उनलाई धेरै प्रेम गर्थथे  मेरो प्रेम कसैको अगाडि नझुकोस यही चाहन्थे  सधै प्रगतिको बाटोमा लम्कुन यही चाहन्थे   मेरो फूलको वासना दुर्गन्धित होइन सुगन्धित बनाउन चाहन्थे  खोक्रिएको होइन रसिलो देख्न चाहन्थे  त्यसैले  धेरै सोच्थे   प्रेमको अर्थ बुझाउन चाहन्थे  जिन्दगीको अर्थ बुझाउन चाहन्थे  प्रेम वासनामा होइन भावनामा हुनु पर्छ  जिन्दगी क्षणिक सुखमा होइन संघर्षमा खोज्नु पर्छ  कहिले काही सहि बाटो देखाउनघृणा गर्नु आवश्यक ठहर्छ  मैले त्यही गरेता की उनको कृयाकलाप प्रति आफैमा घृणा जागोस  घृणा गर्नु जरुरी थियो जसले प्रतिस्पर्धाको भावना जागोस  तर उस्तै थियो परिवर्तन थिएन  आशा टुट्योमन दुख्योसम्बन्ध तोडियो शायद यहाँ मेरो भावनात्मक प्रेम थियो 


सम्वन्ध  तोडियोमात्र कर्मद्वारानजर मिल्नै छोडे बोल्नै छोडियो  तर मन  बोलिरहेकै थियो  भावना  अझै गासिएको थियो  यो सम्बन्ध कसरी तोडिन सक्छ  यो अजरअमर   भावना विचारको पोको हो  विचार कहाँ मर्छ   त्यसैले  दु: दियो  पल पल तड्पीएर बाँचिरहे  खिल बनी छाति भित्रविजाईरहन्छ मेरो प्रेम  एकान्तमा कहिले काही नजानिदो रुन्छु   आज त्यही भो  अझ बढी दुख्यो  किनकी उनको सम्झनाले पिरल्यो  उनलाई देख्दा बोलि फुट्दैनन मात्र नजर जुध्दछन्  शायद यो मेरो पागल प्रेम थियो 

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।