Skip to main content

गजल


–  किशोर अधिकारी



चोरी चोरी नजर मिलाई मनै साटी कहाँ गई
विहान देखे पधेरीमा, कामै ढाँटी कहाँ गई


झझल्को आउछ सधै सधै उनैको मुहार
निश्छल रुप, स्वर्गकीपरी, कोरी बाटी कहाँ गई

चलिरहन्थ्यौ कहिले काहि हाँसो ठट्टा पनि
चन्चल बानी भारी पो भयो, चालै डाँटी कहाँ गई

मनै मनले गुनिरहे पिरतीको बोली,
जोवन विचको मुस्कान, राखी थाँटी कहाँ गई

सुगम दिन लाग्थ्यो सधै भेटघाट हुँदा
चैन छैन अव मनमा, नेटो काटी कहाँ गई

चोरी चोरी नजर मिलाई मनै साटी कहाँ गई
विहान देखे पधेरीमा, कामै ढाँटी कहाँ गई
🔼🔽🔼

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।