पागल प्रेम
लेखक:
किशोर अधिकारी
मेरो
मन उदासिएको छ किनकी उद्रिएका
ठाउँहरु धेरै छन्, टाल्न चाहन्छ मन कुनै उमङ्ग
छैन । जहाँ विश्वास
छैन, त्यहाँ चमकता कहाँ । जहाँ धोका
छ त्यहाँ विस्मात त अवश्य छ
। धोकाद्वारा क्षणिक आनन्द लिन चाहने व्यक्तिहरुका बीच कता कता हराए जस्तो लाग्छ । हरेक पल
मनमा दुई पक्षहरुका बीच बादविवाद चलिरहन्छ । भन्दछ एक
पक्ष, त्यो वाध्यता होला वा त्यो परिस्थितिको
अभिव्यक्ति होला । अनि फेरि
भन्दछ अर्को पक्ष, होइन त्यो नियत हो । नियोजित
हो । त्यतिखेर ति
दुवै क्षणहरुको द्वन्द्वबाट निष्कर्षमा पुग्न चाहेको थिए । शायद त्यहाँ
मेरो चाहना अवश्य थियो ।
जहाँ
जहाँ मैले विश्वास गरे त्यहाँ त्यहाँ शंकाका वादलहरु मडारिए । जुन चिज
मैले आफ्नो लागि महत्वपूर्ण ठाने धेरैले त्यो चीजलाई लत्याई सकेका थिए । स्वच्छ सफा
भनिएकोमा काला धब्बा देखिएका थिए । शंकाको कुरा
साँचो ठहरीदा मुटु दुई चिरा भएको थियो । पवित्रता माथि
नै अविश्वास पैदा भए पछि मन
भासिन्छ, टुट्दछ । कसैको महत्वपूर्ण
वस्तु कसैद्वारा फ्याकिएको चिज सम्झदा जो कसैको मन
धमिलिन्छ । त्यही लत्याईएको,
फ्याकिएको चिजको आवश्यकता अनि विशेषता झल्काउने कोशिषमा ति काला घब्बालाई
जादुगरी मसिले छोप्न चाहन्थे जसरी चन्द्रमाको शितलताले उसको दामनको दाग छोपिएको छ । त्यही
कोशिसमा लागिरहेको छु । शायद
त्यो मेरो स्नेह थियो ।
यो
संसार एक पुष्प बगैचा
हो । यहाँ विभिन्न
किसिमका रंगी चंगी फूलहरु छन् । जहाँ फूलहरु
छन् त्यहाँ भमराहरुको ताँती लागेको हुन्छ । सवै फूलहरुमा
भमराको आँखा कहाँ पुग्थ्यो र । मन
पर्ने फुलहरु रोज्दथे भमरा । सवै भमरा
कहाँ एकै हुन्छन् र वासनामा पनि
हिड्दछन् भमरा । रस चुस्दछन्
भमरा । एउटै मात्रै
बासनामा हराउन नचाहने भमरा पनि त हुन सक्छन्
। स्वाद फेरि फेरि रस चुस्न चाहने
भमरा पनि त हुन सक्छन्
। म यी भमराहरु
मध्य अलग हुन चाहन्थे । सवै एकै
भए अलगको के अर्थ ।
शायद यो मेरो अनौठोपन
थियो ।
फूल
फक्रिदिन्छ, मुस्कुराउँछ, भमरा लोभ्याउँदछ । यो बँगैचाको
कुनै एक कुनाबाट मुस्कुराउँदैछ
फूल । म पनि
त एक भमरा नै
त हुँ, लोब्भिए । एक त
जवानी थियो । कसैलाई साथ
त दिनै थियो । अनि एक
भमराको मन थियो र
फूलको मुस्कान अनि फक्राईको आकर्षण पनि त थियो पुग्दथे
आँखा त्यहाँ । लाग्दथ्यो, त्यो
मुस्कान मेरै लागि हो । वासना
मेरै लागि हो । त्यो
फूल मेरै लागि हो । त्यसैले
नजिकिए शायद त्यहाँ मेरो नजर थियो ।
हरेक
पल हरेक क्षण म त्यही फूल
कल्पन्थे । सम्झन्थे ।
त्यही फूलको बारेमा सोच्दथे । कोही नछोओस
उसलाई नपिरलोस उसलाई । सधै मुस्कुराईरहुन
यसै गरी । फक्रिउन मेरा
लागि । मेरो चाहनाको
उन्माद बढिरहेको थियो । पवित्र मन
दौडिरहन्थ्यो । कोही छोए
उसलाई दुख्दथ्यो । मन मनै
बोल्दथे । आँखा खोलि
सपना देख्दथे । हावाका झोका
कतैबाट आए झस्कन्थे ।
कतै पात त झरेन ।
मन तरंगित हुन्थ्यो समुन्द्रको छाल जस्तो । सारा संसार
भुलेर एउटै मुस्कानमा रम्दथे । हराउँदथे आफैमा
। लाग्दथ्यो नयाँ जीवनको प्रादुर्भाव भयो । यो समयको
खेल थियो । विना समय
न त फूल फुल्दथ्यो
न त वसन्तको नै
वहार आउँथ्यो । जीवनको अर्थ
बुझेको थिए सायद यो मेरो पहिलो
प्रेम थियो ।
म
एकोहोरीएको थिए । त्यसैले तृष्णा
थियो मनमा । वर्षौ सम्म
नझक्झकिएको तृष्णा झकझकिएको थियो । यही मुस्कानले
। जहाँ म लुप्त थिए
। कतै यो एकोहोरो त
होइन ? सोच्दथे तर उनको क्रियाकलापले
म प्रति झुकाव देखाईरहेको गन्ध आउथ्यो । त्यो मुस्कान
मेरै लागि भएको महसुस हुन्थ्यो । त्यसैले त
म विश्वास गर्थे । मनको अन्तर
कुनामा बसेकी थिईन उनि । त्यसैले म
हामी बीचको दुरी घटाउन चाहन्थे । म नजिकिदै
थिए । म समीप
सम्म थिए । मानौ हामी
बीच दुरी नै थिएन ।
तर दुर्भाग्य मैले देखे जुन मेरो दिमाग मै थिएन ।
कोही भमरा रस चुस्दै थियो
। वासना नमीठो थियो । त्यो प्राकृतिक
वासना नभई दुर्गन्धित थियो । निरसीदै थियो
फूल । पातहरु मडिएकै
थिए । मेरो सपनाको
महल टुटेको थियो । एका एक
मेरो कल्पना, मेरो सपना, मेरो संझना, सवै भाँसिदै थिए । ग्रहण लागे
सरह भो जिन्दगी ।
शायद म त्यतिखेर समय
भन्दा ढीलो हिडेथे ।
अचम्म
भो, अचम्म त यहाँ थियो
। जहाँ म थिएँ, त्यही
फूल, अनि कोही भमरा । मेरो जिन्दगीको
त्यो क्षणले धेरै दिन पिरोलेको थियो । जागर हराएको
थियो । मनमा गाँठो
पर्दथ्यो । आँसु त्यसै
झर्दथ्यो । जव मन
टुट्दछ धेरै दुख्दो रहेछ । शरिरबाट एक
अभिन्न अंग गुमाए सरह । पीठा बल्झन्थ्यो
। झन झन गाडा
गाडा । सोचेको कुरा,
कल्पेको कुरा नहुदा यस्तै हुदो हो । सवै
कुरा पुगे के हुदो हो
? असम्भव भए रै त
होला, यहि सोच्दथे । माया नभईदिएको
भए रुवाई हुदैनथ्यो होला । धेरै समय
पछि म धेरै रोए
। रुन विर्सिएको थिए, सिकाईदियो यो प्रेमले ।
शायद यो मेरो नियती
थियो ।
अझै
मुस्कुराउँदै छ फूल ।
लाग्यो मुस्कान झूटको थियो । सवै नाटक
थियो । लाग्छ उनको
चाहना अर्कै थियो । भमराहरु लोभ्याउने
। वासना बाड्ने धेरैलाई । निरसिदै जाने
आफू फेरि फेरि भमराहरु । यहा मेरो
चाहना अर्कै थियो । विपरित थियो
। त्यसैले बेठीक लाग्यो । वास्तवमा त्यो
ठीक थिएन सोच्न थाले हरेक पल । भगवान
प्रति रिस जाग्यो । म आफूलाई
स्वच्छ ठान्थे । स्वच्छतामा किन
आँखा पुगेन । दु:ख
लाग्छ । पीडा हुन्छ
। मेरो प्रेम निरस थियो । दुर्गन्धित थियो
। म आफूलाई सम्हाल्नै
सकिन । सानो सानो
कुरामा रिसाउथे । झोकिन्थे ।
समय पाए यसै घोरिएरै विताउथे । दु:ख
संग भागेर मान्छे कहा जान सक्छ र जुध्नु पर्छ
। यही सोच्दथे । बुझाउथे मन
अर्को फूलको मुस्कान हेर्न । तर भुल्न
कहाँ सक्थे र पहिलो मुस्कान
उनकै थियो । मनको कुनामा
विझेथ्यो । सायद यहाँ
मेरो तिर्सना थियो ।
जिन्दगी
हो । आ–आफ्नो
जिन्दगी आ–आफ्नै तरिकाले
विताउनु त्यो उसको अधिकार हो । यो
जिन्दगीलाई जसरी पनि ढाल्न सकिन्छ तर मतलव विनाको
जिन्दगीको कुनै अर्थ छैन । जुन जिन्दगी
उ विताइरहेकी छ बास्तवमा त्यो
जिन्दगी होईन जिन्दगीको एक भाग मात्र
थियो । त्यो समसामयिक
थिएन । गिराउदछ जिन्दगीइलाई
यदि यो अस्वभाविक भए
। जिन्दगीमा कहिले काँही गिर्नु पनि पर्छ तर गिराई यस्तो
होस झरनाको पानी सरह । जुन पहाडको
त्यत्रो उचाईबाट खसे पनि उसको सौन्दर्य घट्दैन । जमिनको गर्वमा
मिले पनि उसको अस्तित्व मेटिदैन । तर सवै
मान्छे कहा त्यस्तो सोच्छन र क्षणिक सुखको
लागि जिन्दगी गुमाउदछन्, अस्तित्व मेटाउदछन् । म आफ्नो
जिन्दगीलाई परिवर्तन गर्न चाहन्थे उनको चाहना अनुसार ढाल्ने कोशिस गरे, सकिन । वारम्वार प्रयत्न
गरे असफलता पाए । जहाँ मनले
नै मान्दैन त्यहा कोशिष गर्नु वेकार थियो । तर मन
त उनको हासो मै थियो त्यसैले
त दु:ख पाए
। शायद हामी बीच पर्खाल थियो ।
म
वारम्वार सोच्दथे । पल पल
सोच्दथे उनकै बारेमा त्यो फूलको बारेमा । सम्झाउने कोशिस
गर्दथे जुन सुखको प्राप्तिको चाहनामा दौडिएको छ । वास्तवमा
त्यो सुख होईन । त्यसले त
नजर झुकाउछ । सुख त
त्यहा छ, जहा मान
छ । सम्मान छ
। प्रतिष्ठा छ । इज्जत,
अस्तित्व अनि प्रेम छ । मान्छे
यसैका लागि हर पल दौडिरहन्छ
। कोशिश गर्दछ । जिन्दगीको अर्थ
त यहाँ थियो । म मेरो
प्रेमलाई जिन्दगीको अर्थ बुझाउन चाहन्थे । उनका भड्किएका
पाईलाहरु अर्थपूर्ण जिन्दगीको गोरेटोमा समाहित गर्न चाहन्थे । म बुझ्दथे
प्रेम गर्नु ठुलो कुरा होइन, प्रेम निभाउनु जटिल कुरा हो । प्रेम
त जो कोही पनि
गर्दछन् प्रेमको भूमिका निभाउनु सच्चा प्रेमीको कर्तव्य हो । म
उनलाई धेरै प्रेम गर्थथे । मेरो प्रेम
कसैको अगाडि नझुकोस यही चाहन्थे । सधै प्रगतिको
बाटोमा लम्कुन यही चाहन्थे । म मेरो
फूलको वासना दुर्गन्धित होइन सुगन्धित बनाउन चाहन्थे । खोक्रिएको होइन
रसिलो देख्न चाहन्थे । त्यसैले म
धेरै सोच्थे । म प्रेमको
अर्थ बुझाउन चाहन्थे । जिन्दगीको अर्थ
बुझाउन चाहन्थे । प्रेम वासनामा
होइन भावनामा हुनु पर्छ । जिन्दगी क्षणिक
सुखमा होइन संघर्षमा खोज्नु पर्छ । कहिले काही
सहि बाटो देखाउन, घृणा गर्नु आवश्यक ठहर्छ । मैले त्यही
गरे, ता की उनको
कृयाकलाप प्रति आफैमा घृणा जागोस । घृणा गर्नु
जरुरी थियो जसले प्रतिस्पर्धाको भावना जागोस । तर उस्तै
थियो परिवर्तन थिएन । आशा टुट्यो,
मन दुख्यो, सम्बन्ध तोडियो शायद यहाँ मेरो भावनात्मक प्रेम थियो ।
सम्वन्ध
त तोडियो, मात्र कर्मद्वारा, नजर मिल्नै छोडे बोल्नै छोडियो । तर मन
त बोलिरहेकै थियो । भावना त
अझै गासिएको थियो । यो सम्बन्ध
कसरी तोडिन सक्छ र यो अजर,
अमर छ । भावना
विचारको पोको हो । विचार
कहाँ मर्छ र । त्यसैले
त दु:ख दियो
। पल पल तड्पीएर
बाँचिरहे । खिल बनी
छाति भित्र, विजाईरहन्छ मेरो प्रेम । एकान्तमा कहिले
काही नजानिदो रुन्छु म । आज
त्यही भो । अझ
बढी दुख्यो । किनकी उनको
सम्झनाले पिरल्यो । उनलाई देख्दा
बोलि फुट्दैनन मात्र नजर जुध्दछन् । शायद यो
मेरो पागल प्रेम थियो ।
Comments
Post a Comment