Skip to main content

कविता


अनौठो चाह, बदल्न सकेन ।

–        किशोर अधिकारी


 त्यो   तापले, पगाल्न सकेन,
त्यो झरीले, रुझाउन सकेन
धेरैबाट सुने हल्ला तिम्रो,
अनौठो चाह, बदल्न सकेन
  
केलाई गर्नु फूलसँग दाजी बयान,
केलाई गर्नु जूनसँग दाजी बयान
कोमलता , पवित्र,
फूक्का जीवनको तिमी नै भनन
त्यो चापले, गलाउन सकेन,
त्यो रापले, जलाउन सकेन
धेरैबाट सुने हल्ला तिम्रो,
अनौठो चाह, बदल्न सकेन
    
के अर्थ भो नामी भइछ्यौ,
के अर्थ भो दामी भइछ्यौ
विश्वास , अस्तित्व,
प्रेमको खेल रच्ने, प्रेमी भइछ्यौ
त्यो दागले, पिराउन सकेन,
त्यो साथले, टुटाउन सकेन
धेरैबाट सुने, हल्ला तिम्रो,
अनौठो चाह, बदल्न सकेन

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।