– किशोर
अधिकारी
सम्झौताको जाल भित्र माया पार्न गाह्रो भो
विसमताको जंजालबाट गाल टार्न गाह्रो भो ।
आँखाको भाषा नबुझेर गल्ति पो गरे की ?
पिरतीको वगैचामा फूल सार्न गाह्रो भो ।
जीन्दगीको साथी मेरो अतितको सम्झना भो ,
एकान्तमा टोलाईरहन्छु रोदन मार्न गाह्रो भो
।
मन डुल्यो पूर्णिमाको जुन पाउने आसमा
औसीका फूलपाए, आँसु बार्न गाह्रो भो ।
सम्झौताको जाल भित्र माया पार्न गाह्रो भो
विसमताको जंजालबाट गाल टार्न गाह्रो भो ।
🔼🔽🔼
Comments
Post a Comment