– किशोर अधिकारी
ऐनामा लुकिचोरी सजिनु किन पर्यो र ?
मनमा माया छैन भने तड्पिनु किन पर्यो र ।
फुक्र्याउँछौ कहिले काहीँ भनि हौ मेरो जिन्दगी
चारौतिर बाहु फैलाई, मस्किुनु किन पर्यो र ?
यता गई उता गई, सँगाल्छौ तिमी रमाईलो
झूटको खेती रोपी दुःख, पस्किुन किन पर्यो र
सुन्छु यता पनि माया, उता पनि त्यस्तै छ ।
पिरतिको जाल रची, लटिठनु किन पर्यो र ?
विश्वासको घेरा तोडी, नागी सवै सीमाना
भित्र भित्रै द्वैष पाली, कल्पिनु किन पर्यो र ?
🔼🔽🔼
Comments
Post a Comment