– किशोर अधिकारी
मनको भारि गरुङ्गो भो, कसले साथ देला,
सोचेथिईन जिन्दगीमा, यस्तो घात होला ।
कति रोयौं एकान्तमा, भए प्रितका कुरा,
दोबाटोमा पुगे सपना, अनि टुटे सारा ।
भन्थे प्रित खेल होईन, कसले बुझिदेला,
सोचेथिईन जिन्दगीमा, यस्तो घात होला ।
रुन पनि गाह्रो भयो उस्तै छ नि हाँस्न
भित्र भित्रै मुटु जलाई, व्यर्थ छ नि बाँच्न ।
गल्ती सायद मेरै थियो, कसले माफ देलख,
सोचेथिईन जिन्दगीमा, यस्तो घात होला ।
मनको भारि गरुङ्गो भो, कसले साथ देला
सोचेथिईन जिन्दगीमा, यस्तो घात होला ।
🔼🔽🔼
Comments
Post a Comment