– किशोर अधिकारी
कहिले हसाउने, कहिले रुवाउने,
कहिले मिलाउने, कहिले टुटाउने ।
यो हो खोलारुपि, जीवनको भेल,
यो मनमा अटेको, प्रेमको हो खेल ।
बाच्नलाई आधार नभई नहुने,
दुःखसंग भागेर कहाँ पो हो जाने ।
प्रफुल्लीतमा कहिले, रुनु नै पर्ने ।
दुखित भई कहिले हास्नु नै पर्ने ।
यो हो वाध्यतामा, अल्झेको भूल ।
यो मनमा अटेको, प्रेमको हो खेल ।
लामो छ दुरी, छोटो छ जीवन,
कता पो हो जाने, छैन मनमा चयन ।
गन्तव्यहीन यात्रा, हिड्नु नै पर्ने,
रसरंगहीन जात्रा, हेर्नु नै पर्ने ।
यो हो यथार्ततामा, नभएको मेल,
यो मनमा अटेको प्रेमको हो खोल ।
🔼🔽🔼
Comments
Post a Comment