Skip to main content

मनोरंजन


हाँसौन त 

राम र श्यामबीच कुरा हुँदै थियो ।
राम : मेरी आमा त साह्रै फारु ह्ुनुहुन्छ नि ।
श्याम : कसरी ?
राम : आधा डल्ला सावुनले ५ केजी कपडा धुनुहुन्छ अनि फारु भएन त ?
श्याम : तेरो आमाको के कुरा, झन मेरी आमाले त जाबो ५ केजी कपडा त सावुननै विना धुनुहुन्छ ।
राम : (एकछिन सोच्दै) कसरी ?


श्याम : मेरी आमाले त्यति कपडा बाटामा पानी हालेर दुई दिनसम्म भिजाएर राख्नुहुन्छ । अनि २ दिनपछि मैलाजति पिघमा र कपडाजति माथि आउछ । त्यपछि निकालेर सुकाउनुहुन्छ । अनि फारु भएन त ।

 ➧
एक बनोवैज्ञानिक डाक्टरले चन्दनलाई सोधे : यदि कुनै दुर्घटनामा तपाईको एउटा कान काटियो भने के हुन्छ ?
चन्दन : म राम्ररी सुन्न सक्दिन ।
मनोवैज्ञानिक डाक्टर : यदि दुवैकान काटियो भने नि ?
चन्दन: दुवै काट काटियो भने म देख्न नै सक्दिन ।
मनोवैज्ञानिक डाक्टर : किन ?
चन्दन : किनकी दुवै कान काटिएपछि मेरो, चश्मा खसिहाल्छ नि हजुर, तपाईलाई यत्ति पनि ख्याल छैन अनि मनोबैज्ञानिक बनेर बस्ने ? यो त हदै भयो ।

एउटा पञ्जावी काठमाडौं आएछ । नयाँ वसपार्कबाट रत्नपार्क जाने बस चढेछ । गाडी चोकमा रोकिएछ । खलासीले चावहिल चावहिल भनेछ । केही व्यक्तिहरु भडा दिएर ओर्लिए । त्यसैगरी बस अगाडि गयो र रोकियो । खलासिले गौशाला गौशाला भनेछ । त्यहाँ पनि भाडा लिएर केटी व्यक्तिहरु ओर्लिए । पजावीले व्यक्तिको नाम बोलाएपछि ओर्लिनुपर्ने रहेछ भन्ने सोच्यो । वस केही वेरमै सिहदरवार अघि पुग्यो । खलासीले शिहदरवार सिंहदरवार भन्यो । पंचावीले भाडा दिएर खलासीको गालामा एक झापड हिर्काएर ओर्लियो र भन्यो मेरो नाम सिंहदरबार नही दरवारसिह है । उसलाई अत्यन्त झोक लागेछ र छेवैमा ठूलो भवन देखेर जुन सर्वोच्च अदालत थियो । त्यहाभित्र पस्यो र इजलासमा बस्यो । त्यायधिसले टेवल ठटाएर अडर अडर भने । उसले सोच्यो खानाको अडर लिइदैछ । जुरुक्क उठेर, भनेछ एक चाय दो और समोसा प्लीज ।

Comments

Popular posts from this blog

National Anthem

नेपालको राष्ट्रिय गीत National Anthem of Nepal

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

मेरो सपनाको शहर

कथाकार  – किशोर अधिकारी म जुरुक्क उठे , विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे , छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।