कथाकार – किशोर अधिकारी
“ऐया ऽऽ मरेनी बा ऐयाऽ”
आवाज टड्कारो थियो । एक दुईपटक त वास्तानै गरिन । आवाज कुनै आईमाईको जस्तो थियो । त्यसपछि के रहेछ भन्ने प्रश्नले आवाजतिर लम्कायो । आवाज दयनीय हुदै गयो । म हतारिएँ । आवाज झन पीडादायी हुदै गयो । म आवाज आएको दिशातिर दगुर्न थाले । आवाजमा चिच्याहट पनि थपिन थाल्यो । मेरो दगुराइको सीमा भएन । म यस्तो दगुरे कि सायद समयको रफ्तार भन्दा पनि छिटो । आवाज बन्द भयो, मेरो रफ्तार पनि बन्द भयो ।
रात छ, तर अन्धकार छैन । उज्यालो छ, तर सूर्य या चन्द्रमाको प्रकाश पनि छैन । विजुली बत्तिहरुको प्रकाश कही स्पष्ट त कही अस्पष्ट धमिलोसँग छरिएका छन् । शहर हो जस्तो छ, तर कोही छैन । चारैतिर हेरे, शून्य छ । एकैछिन त डर लाग्यो । कुकुरहरु भुक्न थालेपछि त झन् डर लाग्यो । घडी हेरे, रात छिप्पिसकेको रहेछ । म कुन ठाउँमा छु, मलाई थाहा छैन । हैन मलाई यो ठाउँको नाम थाहा नभएको हुनुपर्छ । ठाउँ पत्ता लगाउन कसैलाई सोध्नुपर्छ, तर कसलाई < म
त एक्लै छु । यसो साईनवोर्डतिर हेरे, ठाउँ पत्ता लगाएँ, थाहा पाएँ म त निकै टाढा आएछु ।
“ऐया ऽऽ मरेनी बा ऐयाऽ”
आवाज फेरि चर्कियो । म फेरि आवाज आए तर्फ केन्द्रित भएँ । स्वरमा तडपन बढ्न थाल्यो । म हतारिदै त्यतैतिर दौडे । चिच्याहटपन बढ्न थाल्यो । मेरो दौडने क्रम पनि बढ्यो । आवाज आउन छोड्यो, म पनि रोकिएँ । यताउता हेरे केही देखिन । मेरो मनमा डर उत्पन्न भयो । चुकजस्तो अध्यारो आँखामा कालो पट्टी बाँधेजस्तो । झ्याउँकिरिहरु कराइरहेका छन् हिड्न खोज्छु, खुट्टाहरु चल्दैनन । फेरि कता जाउँ, बाटो ठम्याउन पनि सकिरहेको छैन । फेरि आँखा डुलाउँछु । यहाँ त बस्ती छैन जस्तो छ । कतै घरहरुको आकृति पनि देखिदैन । अब भने डरलाग्न थाल्यो । सोचे, धेरैवेर यहाँ बस्न ठीकि हुदैन, भन्ने निर्णय गरे । फर्कन खोजे, तर कता । म कुन बाटो आएँ < म
जानु पर्ने कता । मैले सोच्नै सकिनँ । म आत्तिन थाले । त्रासरुपी पछ्यौरीले शरीर सवै ढाक्यो एकातिर मिल्काएर हिडे । म कता हिँडे, मलाई थाहा छैन । अन्धाधुन्धमा हिडेपनि बाटो पत्ता लागेजस्तो लाग्यो आँखाले हैन खुट्टाले पत्ता लगायो । मनमा थोरै खुशी बढ्न थाल्यो । त्यो बाटो कहाँ जान्छ मलाई थाहा त छैन, तर कुनै एक ठाउँमा त अवश्य पुग्छ भन्ने सम्झेर म छिटो छिटो हिडे ।
“ऐया ऽऽ नि मरे”
म टक्क अडिएँ, आवाज नजिकैबाट आएजस्तो लाग्यो, तर कताबाट । मैले ठम्याउन सकिन । फेरि आवाज गुञ्जियो । म आवाजको दिशा पत्ता लगाउन सक्षम भएँ । म त्यतैतिर लम्के । आवाजमा अरु कारुणिकता बढ्न थाल्यो । म हतारिएँ, दगुरे । आवाज गञ्जिरह्यो, म दगुरिरहे आवाज बन्द भयो, मेरो गति रोकियो । यताउता हेरे, केही छैन, उस्तै अन्धकार नै छ । सोचे, को होला यसरी कराउने? सम्झे, कतै भूत त होइन । म झस्किएँ । हैन हैन, यो हुनै सक्दैन, मैले मनलाई सम्हाले । यदि होइन भने, खै के हो त ? मैले आफैमा प्रश्न राखे । निरर्थक प्रश्न, म केही नबोली ठडिरहे ।
कतैबाट फलाम एक आपसमा ठोकिदा आउने ध्वनि गुञ्जियो, मेरो ध्यान त्यस आवाज आएकोतिर केन्द्रित भयो । म त्यसतर्फ लम्किएँ । मेरो अगाडि केही वस्तुको आकृति देखापर्यो । लाग्यो, रुख काटेर रहेको ठूटो जस्तो । म आकृतितिरै लम्किएँ, किन कि त्यो आवाज त्यतैबाट आएको थियो । म अझ अगाडि बढे, आकृति चलेजस्तो देखियो । लाग्यो, यो कुनै प्राणी हुनुपर्छ । कतै यो जङ्गली जनावर त होइन ? म झस्के । होइन होला, यदि हुन्थ्यो भने त झम्टिहाल्थ्यो नि । मनलाई सम्हाले, फेरि अगाडि बढे विस्तारै, नजिकै पुगेर रोकिएँ, हेरे, मान्छे रहेछ । अध्यारो भएकोले कस्तो अनुहारको हो ठम्याउनै सकिन । बोल्न लागे, बोल्न मन लागेन । फर्कन खोजे पाईला नै फर्केन ।
शुन्यतालाई चिर्दै त्यो मान्छे भन्छ, तपाई त्यो आईमाईको चित्कार सुनेर भौतारिरहुन भा होला हैन ? बचाउन । तर एक्लै ? उ मज्जाले हास्छ । ऊ जुरुक्क उठ्यो । साङ्लाहरुको आवाज गुञ्जियो । उसलाई साङ्लाले बाँधेजस्तो लाग्यो । म केही बोल्नै सकिन । सायद म बोल्थे, मैले के बोले ख्यान नभएको हुनुपर्छ ।
म तपाईलाई चिन्छु” चिनेजस्तै गरेर भन्यो, म झस्के ।
तर म तपाईलाई चिन्दिन, तपाई को <
म एक बाँधिएको मान्छे ।
तर किन <
म कसैको भलो गर्न चाहन्थे ।
कसको <
तपाई जसको आवाज सुनेर यहाँसम्म आईपुग्नु भो ?
तपाईको गल्ती <
मेरो गल्ती यो हो कि म एक्लै त्यस आईलाई बचाउने प्रयासमा आवाज उठाए बस । त्यत्ति।
यो पनि कुनै गल्ती हो र <
सायद हो, यहाँ यस्तै हुन्छ । यहाँ यस्तै चल्छ । यहाँ यस्तै भइरहने छ । जवसम्म मान्छेहरुको एकजुट भएर काम गर्नुपर्छ भन्ने भावनाको विकास हुँदैन, तवसम्म एक्लो व्यक्तिको आवाजलाई यसरी नै दवाएर राखिन्छ । अनि त्यो दयनीय आवाज यसरी नै चर्किरहने छ । त्यो आवाज कहिल्यै खुशीमा रिवर्तन हुने छैन र यहा कहिल्यै घा लाग्ने छैन ।
सोचे ठीकै जस्तो लाग्यो । सम्झे कहाली लाग्न थाल्यो र स्वीकारे उसको कुरालाई । उसबाट टाढिन खोज्दै म विस्तार विस्तार हिडे । म फर्की फर्की त्यस व्यक्तिलाई हेर्न थाले । जति जति म हिड्थे, मेरा पाईलाहरु धर्तिमाथि बढि तापसँग बजारिएका हुन्थे । मेरा कानहरुमा त्यही कारुणिक स्वर गुञ्जिरहन्थ्यो, मनभित्र विभिन्न किसिमका साहसिक विचारहरु उत्पन्न हुन्थे । फर्केर एकचोटी उसलाई हेर्ने चाहनालाई मार्न सकिनँ र फर्केर हेरे । आकृति धमिलिइसकेको थियो । उज्यालोपन ढाक्ने अन्धकारप्रति रिस उठेर आयो । झोँक चलेर आयो, म आफ्नो बाटोतर्फ सोझिएँ । म छिटो छिटो हिड्न थाले । झल्यास उसको एउटा कुराप्रति ध्यान आकृष्ट भयो । एक जुट । हो एकजुट हुनैपर्छ म झन छिटो छिटो हिड्न थाले । किन कि धेरै अवेर भइसकेको थियो । त्यसैले म समयको गति संगसंगै अगाडि बढिरहे । बढिरहे ... बढिरहनेछु ।
Comments
Post a Comment