Skip to main content

Posts

Showing posts from 2017

हाईकु

अन्तै बनेको गर्व गछौं लगाई ढाकाको टोपी 🔽 अस्तिनै जेल यस्तो गर्छु भन्दथ्यो मन्त्री भएछ । 🔽 चमल बेची चरखुट्टे किनेर शन नै ठूलो 🔽 फुलेको हाँगो फुकेको त्यो जवानी उस्तै हो नानी 🔽 घुम्न हिडेकी राम्रो छ राजधानी धुलो उठाई 🔼🔽🔼

हाईकु

फिस्स हाँसेथी श्रीमान बन्ने मुड कता हरायो 🔽   पाएको कुरा नछोडौ भनेको त भद्रगोल भो 🔽 टालो च्यातेर बाँडेर लगाइयो यता न उता 🔽 शुशिल स्वास्नी संस्कारी बालबच्चा खरवपति 🔽 केटीको तन बुढिको कचकच आगो र पानी 🔼🔽🔼

गीत

  –       किशोर अधिकारी मनको भारि गरुङ्गो भो , कसले साथ देला , सोचेथिईन जिन्दगीमा , यस्तो घात होला ।

गीत

–      किशोर अधिकारी पीडा पचाई हास्नु पनि जिन्दगी नै रहेछ । मन त आखिर मनै त हो बुझ्दो रहेछ ।

गीत

–   किशोर अधिकारी कहिले हसाउने , कहिले रुवाउने , कहिले मिलाउने , कहिले टुटाउने । यो हो खोलारुपि , जीवनको भेल , यो मनमा अटेको , प्रेमको हो खेल ।

गीत

  –     किशोर अधिकारी समयको वन्दनलाई कसले तोड्न सक्छ , विछोडको आँशुलाई कसले रोक्न सक्छ ।

गीत

  –    किशोर अधिकारी रुवाएर मलाई छाडी , कहाँ गयौ यसरी , फर्किएर आउन है , नवनी निष्ठुरी ।

हाईकु

– किशोर अधिकारीबाट संघर्ष गरी गणतन्त्र ल्याईयो कुर्चि तानातान्

हाईकु

– किशोर अधिकारीबाट साथ दिनुस राष्ट्रको लागि मर्छु पछाडिबाट

मुक्तक

– किशोर अधिकारीबाट घरभरि ठूला ठालु त्यस्सै लडिराछन् लगाम छैन वेवारिसे घोडा दौडिराछन् आँखा छन तैपनि अन्धो किन बनिराछन् मान्छे मा ¥ यो भने पनि डलर पाईराछन् । 🔼🔽🔼

मुक्तक

– किशोर अधिकारीबाट जव चन्द्रमा रुन्छिन , उनको आँसु शीत हुन्छ । जव विरहमा रुन्छ मन , तव आँसु गीत हुन्छ । छलकपटमै चलेको दुनियाँ हो यो साथी सत्य सँधै हारिदिन्छ , असत्यकै जीत हुन्छ । 🔼🔽🔼

मुक्तक

– किशोर अधिकारीबाट किन सोध्छौ के छ भनी , सारा कुरा विते पछि सफा मनको झुकावमा , शंकालु दृष्टी लाए पछि हर प्रयास नकाम भई भित्रभित्रै जले पछि तिमी भन्दा राम्री खोज्न स्वर्गतिरै धाए पछि । 🔼🔽🔼

मुक्तक

– किशोर अधिकारीबाट फूल पनि फूल्न छाड्यो यहाँ कोपिलामै झारिएसी दीप पनि बल्न छाड्यो यहाँ , वस्ती नै उजाडिएसी हरेक बोलि विज्न थाल्यो अव त झन यहाँ स्वाभिमान , स्वतन्त्र अस्तित्वमै घावा बोलिएसी